भानु माध्यमिक विद्यालयको हिरक महोत्सव सम्पन्न

गुल्मी । बागलुङ पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भानु माध्यमिक विद्यालय बडिगाड गाउँपालिका -५ बागलुङले आफ्नो स्थापनाको ६० औँ बर्षगाँठको अवसरमा आयोजना गरेको हिरक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।

महोत्सवको बिहिवार प्रमुख अतिथि बागलुङ क्षेत्र नं २ का सांसद एवम् पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । आजको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् गण्डकी प्रदेश उपसभामुख बिना कुमारी थापाले विध्यालयको गुणस्तर अभिवृध्दिका लागि शिक्षक विध्यार्थी अभिभावक सबैको साथ महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विध्यालयको स्तरवृद्दिका लागि आफु सदैव तत्पर रहने प्रतिबद्दता व्यकत गर्नुभयो ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

हीरक महोत्सवको अवसर पारेर विद्यालयले विभिन्न चन्दादाता, जग्गादाता, पूर्व विद्यार्थी, पूर्व शिक्षक लगायतलाई सम्मान गरेको छ । विद्यालयमा प्राविधिक धार तर्फको अध्यापन सुरु गर्ने, विद्यालय बस सञ्चालन गर्ने र आवासीय विद्यालय सहित निशुल्क शिक्षालाई पूणर् कार्यान्वयन गर्ने उद्धेश्य राखेर हीरक महोत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक एवम् सामाजिक व्यक्तिहरुसगं सहयोग सकंलन अभियान सञ्चालन गरेको थियो । उक्त अभियान मार्फत सहयोग गर्ने चन्दादातालाई बाजागाजा, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न नृत्य तथा गीत समेत प्रस्तुत गरेका थिए भने विद्यालयमा लामो समयसम्म अध्यापन गराई हाल विभिन्न ठाउँमा रहनुभएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका शिक्षक उदय खरेलको स्वागत मन्तव्य र विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्टराई, शिव घिमिरे, दिनानाथ पौडेल र वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको सञ्चालनमा सम्पन्न भएको थियो ।

विद्यालयले हीरक महोत्सवको अवसरमा आयोजना गरेका कार्यक्रमहरु यही माघ २२ गतेदेखि सुरु गरेको थियो । २२ गतेदेखि २४ गतेसम्म विद्यालयका आन्तरिक कार्यक्रम र २४ र २५ गते अन्तर विद्यालय स्तरीय कार्यक्रमहरु सम्पन्न भएका छन् ।

विद्यालयको वृहतर विकास र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा अहिलेसम्म विभिन्न व्यक्तिबाट झण्डै २ करोड २० लाख रुपैयाँ सहयोग सकंलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय