गुल्मीमा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

सूर्य सुनार गुल्मी । रेसुङ्गा नगरपालिकाको आयोजनामा सेनेटरी प्याड बनाउने तालिम शनिबार सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को संघिय शशर्त अनुदानमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर २ र ८ का महिलाहरुले सेनेटरी प्याड बनाउने तालिम लिएका हुन् । नगरपालिकाको जम्मा २ वटा वडाबाट १९ जना महिलाले तालिम लिएको उद्यम सहजकर्ता नविन कुँवरले जानकारी दिनुभयो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा र रेसुङ्गा नगरपालिकाको आयोजनामा उद्यमी सिर्जना गर्ने उदेश्य राखिएको छ ।

तालिममा सहभागिहरुले नगरपालिकाले उद्यमी बन्न र रोजगारको वातावरण सिर्जना गर्न दिएको तालिमले आफूहरुलाई भविष्यमा उद्यमी बन्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । तालिममा सहभागिहरुले तालिम पूर्ण नभएको हुँदा नगरपालिकाले अझै तालिमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड् दिएका थिए ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले तालिम लिनु मात्र ठूलो करा नभई व्यवहारमा उर्तान आग्रह गर्नुभएको थियो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले सेनेटरी प्याड उत्पादन र गुणस्तरिय बनाउने जिम्मा प्रशिक्षार्थीले लिए बजारको व्यवस्थापन रेसुङ्गा नगरपालिकाले लिने बताउनुभयो । “रेसुङ्गा बासी नागरिकहरुलाई रोजगारीको सिर्जना गर्ने, स्वदेशमा नागरिकलाई दिगो रुपमा टिकाउने र गरिबी अत्य गर्ने आफ्नो पहिलो काम भएको नगरप्रमुख पन्थीले बताउनुभयो । हरेक नागरिक घरमै बसेर रोजगारी प्रात्त गर्ने वातावरण सिर्जना उद्यमी बनेर बन्न सकिने बताउनुभयो । साथै तालिममा सहभागि महिलाहरुलाई नगरप्रमुख पन्थी आवश्यक परे जस्तो सुकै सहयोग गर्ने तर उद्यमी बनेर देखाउनु पर्ने बताउनुएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र तालिममा सहभागि महिलाहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय