गुल्मीको मुसिकोटमा फेन्सि कपडा व्यवसायी सङगठित हुदै, सदस्यता वितरण सुरु

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाभित्र फेन्सी तथा कपडाको व्यापार व्यवसायमा आवद्द भएका व्यापारीहरु सङगठित हुन थालेका छन ।

मुसिकोट नगरपालिकाभित्र बढ्दो बसाइसराइले जनसंख्या कम हुदै गएको र त्यसको असरले पुराना ब्यापारीहरुसमेत पलायन हुदै जान थालेकोले नया व्यवसायीमा पनि उत्साह घट्दै गएको छ ।

यी र यस्तै समस्या समाधानका लागि ब्यापारी सङगठित हुन लागेका गुल्मि मुसिकोट उद्योग वाणिज्य सङ्घकी सदस्य तथा रायमाझि फेन्सीकी सन्चालक सपना रायमाझिले जानकारी दिनुभयो ।

पछिल्लो समय घुम्ती तथा पोके ब्यापारीहरुको बिगबिगि बढेको , पसल तथा व्यवसाय दर्ता नगरी गाउगाउमा ब्यापारको नाममा छिर्ने र सामाजिक समस्या सिर्जना गर्नेजस्ता घटनाहरु बढ्दै गएकोले ब्यापारीहरु सङ्गठित हुन थालेको रायमाझिले बताउनुभयो ।

गत शनिबार गुल्मी जिल्लाका फेन्सी कपडा व्यवसायीको जिल्ला अधिवेश्न सम्पन्न भएपश्चात जिल्लाका १२ वटै स्थानिय तहमा सम्योजक तोकेर स्थानिय तहको अधिवेशन गर्ने गरि समिति अगाडि बढिरहेको गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घकि अर्की सदस्य बिएम फेन्सी एण्ड कस्मेटिककि सन्चालक मुना काफ्ले आचार्यले बताउनुभयो ।

अन्य स्थानिय तहमा जस्तै मुसिकोटमा पनि स्थानिय तह अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला अधिवेशनबाट रामहरी सापकोटालाइ सम्योजक तोकेर पठाइएको र व्यवसायीहरुलाइ सङ्गठित गर्दै सदस्यता वितरण कार्य सुरु भएको सम्योजक सापकोटाले बताउनुभयो ।

केहि समय मुसिकोट नगरपालिका भित्र सन्चालनमा रहेका फेन्सी कपडा व्यवसायी तथा सन्चालकलाइ सदस्यता वितरण गरि नगर भेला मार्फत नगर अधिवेशन गर्ने र सङ्गठित भएर आफ्ना कर्तव्य र हकहितको लागि निरन्तर लागिपर्ने कार्यक्रम रहेको भट्टराइ वस्त्रालय इन्द्रेगौडाका सन्चालक लिलामणि भट्टराइले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय