सिटिजन लाइफ इन्स्योरेन्सले दियो घातक रोग बापत उपचार खर्च

गुल्मी । सिटिजन लाइफ इन्स्योरेन्स तम्घास शाखाले Heart Attack (हृदयघात) घातक रोग बापत एक लाख पचास हजार उपचार खर्च दिएको छ । रेसुङ्गा नगरपालिका वडा नं -०२,तम्घास गुल्मी मा बस्दै आएकी देवि पोखरेलले मिति २०७९ साल पुष ११ मा घातक रोग देखा परेको थियो । हाल उपचारकै क्रममा रहेकी उनलाई सिटिजन लाइफले कर कट्टा गरी जम्मा १४५,११५ /- (अक्षरेपी एक लाख पैतालिस हजार एक सय पन्ध्र ) प्रदान गरेको छ ।
देविले भनिन् सामान्य पेट दुखेर अस्पताल गइयो चेक जाच गर्दै जादा मुटुको भल्ब जाम भएको र तुरुन्तै अपरेसन गर्न पर्ने भएको ले अपरेसन गरियो दु:खमा परेको हामीलाई सिटिजन लाइफले धेरै सहयोग गर्यो ,अब सबैले जसरी पनी पैसाको जोरजाम गरेर आफ्नो भविष्य को लागि सोचेर सिटिजन लाइफमा बीमा गर्नु होला।

युनिट मेनेजर कुश्मा भण्डारी ले अन्य संस्था हरुमा बचत मात्र हुन्छ भने बीमामा थोरै बचत गर्दापनि धेरै आर्थिक जोखिम बहनका साथै बचत पनी हुने भएको ले बीमा जरुरी भएको जानकारी गराइन ।

रेसुङ्गा नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री हीरा बहादुर थापाले भने यसरी दु:ख परेको बेला घरमै आएर सहजै रुपमा पैसा भुक्तानी गर्नु भएको मा कम्पनीलाइ विशेष धन्यवाद दिन चाहन्छु ,साथै आगामी दिनमा सबै वडा बासीहरुमा बीमा गर्न आवस्यक रहेको जनचेतना जागोस भन्दै शुभकामना व्यक्त गरे।

अस्पतालमा उपचार गर्न नसकेर घरमै आएर बस्नु पर्ने अवस्था सिर्जना नहोस भनेर पनी जिबन बीमा अति आवस्यक रहेको तम्घास शाखा प्रमुख विजय मरासिनीले जानकारी दिए।

कार्यक्रम मा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तम्घास शाखा प्रमुख विजय मरासिनी,रेसुङ्गा नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री हीरा बहादुर थापा,वडा सदस्य, स्थानीय, शिक्षक , बुद्दिजिबी, समाजसेवी र कम्पनिका एजेन्सी मेनेजर ,युनिट मेनेजर र अभिकर्ताहरुको समेत उपस्थिति थियो भने कार्यक्रम तम्घास शाखाका अपरेसन इन्चार्ज सुभाष न्यौपाने को सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय