देशमा उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न काँग्रेस केन्द्रीय कमिटी बैठक बस्दै

देशमा उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न काँग्रेस केन्द्रीय कमिटी बैठक आज बस्दैछ। काँग्रेसले देशमा उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न आज दिउसो १ बजे पार्टी कार्यलय सानेपामा बैठक डाकेको बताएको छ ।

बैठकले नेपाली काँग्रेसले असंवैधानिक र अधिनाकवादी भन्दै आएको संंसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्ने र त्यसका विरुद्धमा रणनीतिक तयार गर्ने बताइएको छ ।

तेस्तै बैठकमा कांग्रेसको महाधिबेशन लगायत अन्य विषयहरुमा पनि छलफल हुने ब ताइएको छ ।

यो पनि पढनुहोस
लमजुङ — नेकपाका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेंसीसहरस्थित पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन) को अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका छन् ।

लमजुङको बेंसीसहरस्थित नेकपाको पार्टी कार्यालय मदन–आश्रित स्मृति भवन । तस्बिर: कान्तिपुर ।
नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेतृ मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो । ओलीनिकट युवा संघ र विद्यार्थीले एमालेले बनाएको भवनमा बस्न नपाइने भन्दै सोमबार दिउँसो कार्यकक्षमा बसिरहेकी अध्यक्ष अधिकारीलाई बाहिर निस्कन लगाएर ताला लगाएका थिए । ‘घेराबन्दी गरेर आफ्नै प्रधानमन्त्री र आफ्नै अध्यक्षलाई असफल बनाउन खोज्नेहरु कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन,’ ताला लगाउँदै राष्ट्रिय युवा संघका संयोजक ऋषि बस्नेतले भने ।

ओली निकट युवाले अध्यक्षको कार्यकक्षसँगै नजिकै रहेको सचिवको कार्यकक्षमा पनि ताला लगाएका छन् । ओली निकट मानिने सचिव दवाडीको कार्यकक्षमा भने ‘मेसो मिलाएर’ लगाएको उनीहरुले बताएका छन् । अध्यक्ष अधिकारीले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको बताइन् । युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको बताएका छन् । ओली निकट युवा र विद्यार्थी अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएर नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।

त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका युवा, विद्यार्थीलगायतले अर्का अध्यक्ष ओलीको कदमको विरोधमा पार्टी कार्यालय नजिक भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै बजार परिक्रमा गरी शेराचोक पुगेका थिए । दाहाल निकट मानिने नेकपा बेंसीसहर नगर कमिटी सचिव शोभा थापाले नाराबाजी गर्दै भीमसेनस्थान चोकबाट शेराचोकसम्म र्‍याली निकालिएको र शेराचोकमा कोणसभा गरिएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय