गगां शेरचन शव प्रकरणबारे मुसिकोटका महिलाहरुद्धारा प्रहरीको ध्यानाकर्षण

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ की गगां शेरचनको विभत्स अवस्थामा शव भेटिएको ५ दिन बितिसक्दा समेत प्रहरीले घटनासगं सम्बन्धित कुनै पनि प्रमाण वा सुचना बाहिर नल्याएको भन्दै मुसिकोट नगरपालिकामा क्रियाशिल महिलाहरुले प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान आफ्नै होटलमा मुसिकोट नगरपालिका-७ न्वाराकी ५७ वर्षीया गँगादेवी शेरचनको शव हात-खुट्टा सेतो टेपले बाँधेर घोप्टो अवस्थामा फेला परेको थियो । उनीहरुले वामी प्रहरी चौकीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यथाशक्य अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन समेत माग गरेका छन् ।

मुसिकोटमा रहेका महिलाहरुद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा यस प्रकारको गम्भीर अपराधिक क्रियाकलापले प्रहरीको सुरक्षा व्यवस्थामा चुनौती थपेको भन्दै यस क्षेत्रको शान्ति सुरक्षामा कमी हुन नदिन आग्रह गरेको छ ।

घटनाले आम महिला तथा घटना प्रभावित क्षेत्रका स्थानीय त्रसित र आतकिंत भएको भन्दै शान्ति सुव्यवस्थाको प्रत्याभूत दिलाउन र फेरी यस प्रकारका घटना हुन नदिन चनाखो बन्न समेत आग्रह गरेको छ । – जिटिभि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय