शिक्षाप्रेमी खरेलद्धारा ज्ञान ज्योतिलाई बाह्र लाख बढीको चन्दा सहयोग

कौरव खत्री । गुल्मी मुसिकोटको ज्ञान ज्योति आधारभूत विद्यालयमा दिनप्रतिदिन आर्थिक सहयोग थपिदै गएको छ ।

मुसिकोट नगरपालिका ९ अर्लाङकोट,पाँणथोक स्थित रहेको ज्ञानज्योति आधारभूत विद्यालयको रजत महोत्सव एवम् श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको अवसरमा मुसिकोट नगरपालिका ९ अर्लाङकोट ददल्का गुल्मी निवासी हाल जापानमा कर्मथलो बनाउदै आउनु भएका समाजसेवी डिलाराम खरेल,बावुराम खरेल,रामप्रसाद खरेल र रमेश खरेल, आमा चन्द्रकला खरेलका सहित खरेल परिवारबाट स्वर्गीय बुवा नरिश्वर खरेलको स्मृतिमा ज्ञानज्योति आधारभूत विद्यालयको लागि बाह्र लाख,एघार हजार,एक सय,एकाउन्न रुपैया चन्दा सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

साथै शिक्षाप्रेमी डिलाराम खरेल अर्लाङकोट सेवा समाज जापानका संस्थापक एवं संरक्षक र ज्ञानज्योति आधारभूत विद्यालयको रजत महोत्सव एवम् श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको अन्तराष्ट्रिय संयोजक समेत रहनु भएका खरेलले यस क्षेत्रको सामाजिक विकासमा सहयोग पुर्‍याउदै आउनु भएको छ ।

साथै शैक्षिक गुणस्तर सुधार एंवम् स्तर वृद्धि गर्ने उद्देश्यका साथ आँउदो फागुन ९ गते देखि १६ गतेसम्म रजत महोत्सव एवंम् श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो ।

महोत्सवबाट विद्यालयको लागि करिव ३ करोड भन्दा बढि आर्थिक चन्दा संकलन गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो ।

२०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल भने कक्षा १–८ सम्मका कक्षा सञ्चालन हुदै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय