गुल्मीको मुसिकोटमा डर लाग्दो घटना ?

गुल्मी : गुल्मीमा एक महिलाको संकास्पद शव भेटिएको छ। मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको शव घरभित्रै खुट्टा बाँधेको अवस्थामा भेटिएपछि उनको ह*त्या गरेको आशंका गरिएको छ।

वडा ७ का वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट अन्य टोली पनि अनुसन्धानका लागि आउँदैछ।

शेरचन अविवाहित हुन्। वामीटक्सार र मध्य पाहडि लोक मार्ग जोड्ने हाडिखोलाको पुलवारिको पहिलो घरमा होटल चलाएर उनी एक्लै बस्थिन्।

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाटले ती महिलाको शव हात–खुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए। घटना स्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ।

यो पनि पढ्नुहोस् – पोखरा । पोखरा महानगरपालिका-१३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् ।

घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् । प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भाडामा बस्ने व्यक्तिले जिउमा आगो लगाएपछि घरधनी महिलाले बचाउन गएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय