गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंको अध्यक्षमा गोपिकृष्ण खरेल चयन

मुसिकोट । गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंको अध्यक्षमा गोपिकृष्ण खरेल चयन हुनुभएको छ । सघंको आज वामीटक्सार जीपपार्कमा सम्पन्न दोश्रो अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानहरि सापकोटा, उपाध्यक्षहरुमा महेश्वर घिमिरे र लक्ष्मण फुल्लेल, महासचिवमा सुन्दर प्रधान, सचिवमा तोयनाथ खराल, कोषाध्यक्षमा टोप बहादुर शाक्य लगायत रहनुभएको छ ।

त्यस्तै महिला सदस्यहरुमा मुना काफ्ले आचार्य र रुपा श्रेष्ठ चयन हुनुभएको छ भने अन्य सदस्यहरुमा डम्बर बहादुर थापा, महेन्द्र घिमिरे, बसन्त अधिकारी, युवराज खराल, टेक बहादुर गुरुङ, राम बहादुर बोहोरा, सपना रायमाझी, राम प्रसाद गौतम, अनुप लाखे, सदस्य सचिवमा मोहनलाल श्रेष्ठ लगायत रहनुभएको छ ।

अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले विश्वव्यापी आर्थिक मन्दीका कारण वामीटक्सार बजारमा पनि व्यापार व्यवसाय घट्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै विचलित नहुन आग्रह गर्नुभएको थियो । मुसिकोट नगरपालिकामा लगानी गने वातावरण बनाउन नगरपालिकाले गर्नुपर्ने दायित्वका विषयमा सबै व्यवसायीहरु र व्यापारीहरुसगं छलफल गरेर अगाडी बढ्ने भन्दै उहाँले परम्परागत भन्दा पनि समयको माग र आवश्यकतालाई ध्यानमा राखि आधुनिक तवरबाट व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै विशिष्ट अतिथि एवम् नगरउपप्रमुख गगां श्रेष्ठले पछिल्लो समय पोके व्यापारीहरुको संख्या बढ्दै गएकाले त्यसलाइ निषेध गर्ने उद्देश्यले नगरपालिकाले कर लिने गरेको भन्दै रसिद बिनाका त्यस्ता ब्यापारीहरुलाइ गाउँ छिर्न नदिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका कार्यवाहक अध्यक्ष मोहनलाल श्रेष्ठले संस्थाको आर्थिक एवम् प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सघंमा हाल २ सय १५ सदस्य आबद्ध रहेको जानकारी दिनुभयो । त्यस्तै उहाँले सघंले सामाजिक क्षेत्र, विभिन्न प्राकृतिक विपत्तिमा सहयोग, व्यवसायीहरुलाई कर शिक्षा कार्यक्रमसगैं मूल्य सुची राख्नका लागि सहजीकरण गर्दै आईरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल, नेकपा एमाले नगर अध्यक्ष प्रकाश काफ्ले, वडा नम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटा, गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव महेश्वर घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय