गुल्मीको मुसिकोट १ पौदिअमराइमा निशुल्क आँखा चेकजाँच हुने

गुल्मी । गुल्मीको मुसिकोट १ पौदिअमराइमा निशुल्क आँखा चेकजाँच हुने भएको छ।

आउदो माघ २१ गते शनिबारका दिन मुसिकोट नगरपालिका वडानम्बर १ मा रहेको पौदिअमराइ स्वास्थ्य चौकीमा चेकजाच हुन लागेको मुसिकोट नगरपालिका वडानम्बर १ पौदिअमराइका वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो।

मुसिकोट नगरपालिका वडानम्बर ७ मा अवस्थित श्री कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रको आयोजना तथा पौदिअमराइ स्वास्थ्यचौकी र वडा नम्बर १ पौदिअमराइ वडा कार्यालयको सहजीकरणमा आँखाका बिरामीहरुको लागि निशुल्क चेकजांच गरिन लागेको घिमिरेले बताउनुभयो।

स्थानीयस्तरमा आँखाका बिरामी भएपनि आर्थिक लगायत अन्य समस्याले गर्दा नागरिकहरु सहज रुपमा स्वास्थ्य सस्थासम्म पुग्ने र आफ्ना समस्याहरुको निराकरण गर्ने बानी र परिस्थिति नभएकोले वडामै शिविर संचालन गर्न लागिएको उहाले बताउनुभयो।

विशेष गरि मोतियाबिन्दु भएका आखाका बिरामीहरुलाई लक्षित गरि शिविर संचालन गरिएकोले सोहि दिनको बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म शिविरमा सेवा उपलब्ध हुने र धेरैभन्दा धेरै वडावासीहरुलाई लाभ लिन उहाले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय