बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

काठमाडौं । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

कार्यदलले बुधबार मुख्यमन्त्री जम्मकट्टेललाई ११ वटा मन्त्रालय बनाउने रायसहितको प्रतिवेदन पेश गर्ने छ । त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।

बुधबार दिउँसो बाँकी ८ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिनुभयो । थपलियाले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा गरी तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताउनुभयो ।

बागमतीमा गत पुस २६ मा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री हुनुभएको थियो । त्यस दिन उहाँले ३ जना मन्त्री बनाउनु भएको थियो ।

प्रदेशमा प्रतिनिधित्व गरेका ७ दलहरु मध्ये मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेमकिपा बाहेक ६ दलले समर्थन गरेका थिए । एमालेले ५, माओवादीले ४ र राप्रपाले २ मन्त्रालय पाउनसक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय