बडिगाड गाँउपालिकाको क्षयरोगीका जोखिम समूह खोज कार्यक्रम सक्न्यारमा सम्पन्न

अनिश पाठक,बागलुङ – बडिगाड गाँउपालिकाको स्वास्थ्य शाखाले शुरु गरेको क्षयरोगीका जोखिम समूह तथा समुदायमा सक्रिय क्षयरोगीको खोजपडताल कार्यक्रम र घरपरिवारका सदस्यहरुको सम्पर्क परिक्षणको लागि सिविर अन्तर्गत आज बडिगाड २ को सक्न्यारमा सिविर सम्पन्न भएको छ ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङले सक्न्यारको रेमलि टोला प्राविमा आयोजना गरेको शिविरमा १६ जनाको खकार नमुना संकलन मधुमेहको लागि १२ जनाको रगत परिक्षण गरिएकोमा ३ जनामा मधुमेह रोगको पहिचान भएको र स्वास्थ्य जाँच तथा उपचार सेवा ४६ जनाले सेवा लिएको स्वास्थ्य सेवा केन्द्रका प्रमुख सुदिप रञ्जन यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय