को बन्ला कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवार ?

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरीहरुको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निणर्य गरेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउनु भएको छ । उहाँले भन्न्ुभयो, संसदमा रहेका अरु दलहरुको सहयोग लिएर प्रस्तुत हुन्छौं। फागुन २९ गते राष्ट्रपतिको निर्वाचन नगर्न चलखेल भइरहेको । यो मान्य हुँदैन।’

यस्तै बैठकले नेपाली कांग्रेसले कानुनी अड्चन हटाएर समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेको छ । बैठकले राष्ट्रपतिको निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै कानुनी अड्चन हटाएर समयमै निर्वाचन गर्न माग गरेको हो ।

राष्ट्रपतिको निर्वाचनका लागि कानुनी अड्चन देखिएकाले यसलाई समाधान गर्दै समयमा नै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निणर्य भएको कांग्रेस प्रवक्ता महतले जानकारी दिनुभयो। अहिलेको व्यवस्था अनुसार माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय