काठमाडौं। नेकपा एमालेका नेता डा भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताउनुभएको छ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि पहिलो पटक गृहजिल्ला अछाम पुग्नुभएका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबीसहित अरु जो जता र जे भएपनि आँफु अहिलेसम्म एमालेमै रहेको रहेको बताउदै जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने उहाँले बताउनुभयो ।

पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने दोहोराउनुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता डा. डा रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताउनुभयो । आफूले जहिले पनि राष्ट्रको हितमा आवाज उठाएको बताउँदै रावलले देशभक्तिपूर्ण आवाजमा देशभरका नागरिकको साथ रहेको दाबी गर्नुभयो।