निर्वाचनमा गठबन्धन गर्नु गलत थियो -सभापति अमर पुन

नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर पुनले निर्वाचनमा गठबन्धन गर्नु गलत भएको नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेशका अध्यक्ष अमर पुनले बताउनुभएको छ ।

बिहिबार दाङको घोराहीमा भएको नेपाल प्रेस युनियनको प्रमुख अतिथिको रुपमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । आखिर सत्ता प्राप्तिकै लागि निर्वाचन र विभिन्न मुद्दा उठाइएपनि त्यो दीर्घकालिन हुन नसकेको भन्दै भनाइमा गठबन्धन भएतापनि व्यवहारमा गठबन्धन नभएको उहाले बताउनुभयो ।

सम्बिधानको रक्षा गठबन्धनले मात्र गर्न सक्छ भनेर निर्वाचनमा होमिएका नेताहरुले अहिले त्यो कुरा बिर्सेर कुर्सीको लागि लिप्त भएको उहाले आरोप लगाउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै पुनले प्रेस युनियनले लोकतन्त्र बचाइराख्नको लागि अझै कटिवद्द भएर लाग्न अनुरोध गर्नुभयो । समाज रुपान्तरणको लागि आफ्नो नैतिकतामा आच नआउने पेशाप्रति मर्यादित बन्न पनि उहाले आग्रह गर्नुभयो ।

प्रदेश अधिवेशनको सङ्घारमा कतिपय उम्मेदवारहरुले आफुले जित्ने वहानामा जथाभावी सदस्यता वितरण नगरि श्रमजिवि पत्रकारहरुको प्रेस युनियन बन्न उहाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय