शुभम पावरको आईपीओ बाँडफाँड,आवेदन दिने अधिकांसले पाए शेयर

काठमाडौं – शुभम पावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ) माघ २ गते सोमबार बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुत्तिलनाथ क्यापिटलका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीबाट निष्कासन अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ५ हजार ८०५ जना लगानीकर्तालाई साधारण सेयर बाँडफाँड गरिएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम गरिएको बाँडफाँडमा ५ हजार ८०५ जनालाई १० कित्ताका दरले ५८ हजार ५० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको ८ कित्ता सेयर २० कित्ताभन्दा धेरै आवेदन दिने लगानीकर्तामध्येबाट ८ जनालाई थप १।१ कित्ताका दरले बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । जसअनुसार कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ८ जनाले ११ कित्ताका दरले र ५ हजार ७९७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीले पुस ६ गते देखि २० गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

आवेदकहरूले सेयर बाँडफाँडको नतिजा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेवसाइट तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका सञ्चालित वेवसाइटबाट हेर्न सक्नेछन् ।

त्यसैगरी, सम्पूर्ण सिआस्वा सदस्यहरूले बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन पनि क्यापिटलले सम्बन्धीत बैंक तथा वित्तीय संस्था समक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय