हेफरको सहयोगमा किसानलाई सहुलियत कर्जा

सन्तोष महतारा, गुल्मी । कृषि र पशु उद्यमी तयारको लागि गुल्मीमा सहुलियतपुर्ण कर्जा हस्तान्तरण गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका किसानका लागि गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कार्यक्र चलिरहेको छ ।

हेफर प्रोजेक्ट नेपालले चलाएको गुल्मीदरबार कृषि तथा पुश उद्यमशीलता विकास परियोजना अन्तर्गत पहिलो चरणमा ८ जना किसानलाई सहुलियत कर्जा हस्तान्तरण गरेको हेफरका प्राविधिक संयोजक शशी भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार एसबीआई बैंकबाट ५ किसानलाई ४९ लाख र कृषि विकास बैंकबाट ३ किसानलाई ३० लाख गरि जम्मा ७९ लाख हस्तान्तरण गरिएको हो ।

किसानको माग र आवश्यकताको आधारमा सहुलियत कर्जा हस्तान्तरण गरिएको हो । किसानले कृषि र पशुपालनको क्षेत्रमा यो रकम लगानी गर्न सक्नेछन् । किसानले एक लाख देखि २० लाख सम्मका दरले सहुलियत कर्जा पाएका हुन् ।

गाउँपालिकाको तर्फबाट अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा, कार्यक्रम हेरिरहेको संस्था नवप्रभात युवा संघका फोकल पर्सन धातानन्द भुसाल, हेफर प्रोजेक्टको तर्फबाट कार्यक्रम अधिकृत नारायण भट्टराई, नरेश सिंह धामी र बैंकका गुल्मी शाखा प्रमुखको उपस्थितीमा किसानहरुलाई सहुलियत कर्जा हस्तान्तरण गरिएको हो ।

किसानहरुलाई सहुलियत कर्जा हस्तान्तरण गर्दै गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले हेफर प्रोजेक्टसँगको सहकार्यमा सिङ्गो गाउँवासीलाई सहयोग भइरहेको बताउनुभयो । “गाउँपालिकालाई समुन्नत बनाउने मुख्य आधार कृषि र पशुपालन हो” अध्यक्ष थापाले भन्नुभयो, “अझै किसानमाझ लोकप्रिय कार्यक्रम ल्याउने छौं ।

” उहाँले सहुलियत कर्जा लिनुभएका किसानलाई सही ठाउँमा लगानी गरेर उद्यमी बन्न पनि आग्रह गर्नुभयो । किसानहरुले मासिक रुपमा ५ वर्षसम्म लगेको सहुलिय कर्जा तिरेर सक्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय