ज्ञानज्योति आधारभूत विद्यालयले वामीटक्सारमा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।

मुसिकोट । ज्ञानज्योति आधारभूत विद्यालय मुसिकोट ९ अर्लाङ्गकोटले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको रजत महोत्सवको अवसरमा आगामी फागुन ९ गतेदेखि १६ गतेसम्म हुने धनधान्याचल ज्ञान महायज्ञको प्रचारप्रसार र कार्यक्रमको सफलताको लागि सोमबार वामीटक्सारको दरबार होटलमा भेटघाट कार्यक्रम समन्न गरिएको छ ।

भेटघाट कार्यक्रममा मुसिकोट नगरपालिका वडानम्बर ८ का पुर्व वडाध्यक्ष नारायण सापकोटाले प्रचारप्रसार र विभिन्न दाताहरुको सम्मानलाइ अगाडि बढाउन सुझाव दिनुभएको थियो ।

शारदा विद्या मन्दिर माबिका शिक्षक भिमसेन केसीले प्रचारप्रसार र बिभिन्न समिति ,उपसमिति गठन गरि व्यवस्थापन गर्न सुझाव दिनुभएको थियो ।पुर्व श्रोत व्याक्ति टंकनाथ भण्डारीले विद्यालयले सुरुवाती चरणमा गरेका कार्यक्रमलाइ निरन्तर बढाउदै लैजान सुझाव दिनुभयो ।

समाजसेवि गोपिकृष्ण खरेलले आफ्नो अनुभव सुनाउदै कार्यविभाजन र सबैले अपनत्व लिएर दत्तचित्त भएर काम गरेमा गन्तव्यमा पुग्न सकिने धारणा व्यक्त गर्नुभएको थियो । वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटाले प्रष्ट उद्देश्य लिएर यात्रा तय गरेमा गन्तव्यमा पुग्न सकिने बताउनुभयो।

शारदा विद्या मन्दिर मा वि का प्रधानाध्यापक ज्ञानहरी सापकोटाले कटिवद्द भएर लागेमा सफल हुन सक्ने भन्दै आफ्नो सहयोग रहने भाव व्यक्त गर्नुभयो ।महेन्द्र आदर्श नमुना माविका प्रधानाध्यापक देवीराम शर्माले दुख र अप्ठ्यारा आउने कुरालाइ स्वभाविक रुपमा लिदै उद्देश्य केन्दृत हुदै खर्चमा मितव्ययी बन्न सुझाव दिनुभयो

समाजसेवि अग्निधर लोहनीले पुण्य कर्ममा अग्रसर विद्यालयको कार्यक्रमको प्रगतिको कामना गर्दै सहयोगको प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै शिक्षक युनियन गुल्मीका पुर्व अध्यक्ष भीमलाल सापकोटाले कठिनाइहरुलाइ अवसरको रुपमा लिएर काम गर्न अनुरोध गर्दै आफ्नो सहयोगको लागि प्रतिवद्दता व्यक्त गर्नुभयो। त्यस्तै मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले मुलत शैक्षिक व्यवस्थापन गर्ने कार्य राज्यको भएपनि समुदायले गर्न लागेको पवित्र कर्ममा आफ्नो सहयोग रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका हरिनारायण सापकोटाले सम्पुर्ण सङ्घसस्था, दाता, समाजसेवि, स्थानिय सरकार र सम्वद्द सबैलाइ सहयोगको अपिल गर्दै कार्यक्रमस्थलमा एकपटक पुगौ अभियान चलाउन अनुरोध गर्दै आफ्नो सहयोगको प्रतिवद्दता व्यक्त गर्नुभयो। सोहि अवसरमा वडानम्बर ७ उपसमिति सम्योजक डिलाराम खरेल र सचिव भोजराज सापकोटा रहने गरि आवश्यकता अनुसार समितिमा सदस्यहरु थपिने विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले जानकारी दिनुभयो ।

भेटघाट कार्यक्रममा मुल समारोह समिति सचिवालय सदस्य रामकृष्ण कण्डेलले विषयवस्तुलाइ प्रकाश पार्दै अतिथिहरुलाइ स्वागत गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले कार्यक्रम सन्चालन गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादुलाल सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका व्याक्तित्वहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय