होटल व्यवसायी मञ्च मुसिकोटको बैठक सम्पन्न, उधारो नियन्त्रण अभियान सञ्चालन गर्ने

मुसिकोट । होटल व्यवसायी मञ्च मुसिकोट नगरकार्यसमितिको बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष फुल प्रसाद सापकोटाको अध्यक्षतामा होटल दरबारमा बसेको बैठकले उधारो कारोबार नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

होटल व्यवसायहरुमा उधारो कारोबार बढ्दै गएको र लामो समयसम्म पनि ग्राहकरुले भुक्तानी नगरेपछि उधारो कारोबारलाई नियन्त्रण गर्न अभियानकै रुपमा अगाडी बढ्ने निर्णय भएको मञ्चका सचिव विवेक काफ्लेले जानकारी दिनुभयो ।

अधिकाशं व्यवसायीहरुले व्यवसायी मञ्चमा उधारो सम्बन्धी गुनासो राखेको हुँदा उक्त गुनासो सुनुवाई गर्दा माघ १५ भित्र पीडित व्यवसायीले आफ्नो उधारो कारोबार र ग्राहकको विवरण सहित समस्याहरु खुलाई मञ्चको कार्यालयमा निवेदन पेश गर्न समेत होटल व्यवसायी मञ्चले आग्रह गरेको छ ।

त्यस्तै उधारो नियन्त्रण तथा न्यूनिकरण अभियान अन्तर्गत व्यवसायीले आफ्नो पसल वा व्यवसायमा उधारो नियन्त्रणात्मक स्टीकर टास्ने र उधारो कारोबार नगर्न ग्राहकहरुलाई अनुरोध गर्ने निर्णय समेत गरेको सचिव काफ्लेले बताउनुभयो ।

त्यस्तै सोही बैठकले विगत केही महिना अगाडी होटल व्यवसायी मञ्च र सिगों मुसिकोट नगरपालिकाकै समस्याहरुलाई सम्बोधन गर्ने गरी मुसिकोट नगरपालिकालाई बुझाएको ज्ञापनपत्रको कुनै पनि सुनुवाई नभएको भन्दै त्यस बारेमा पनि समिक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय