शेयर बजारमा निरन्तर हरियाली,कारोबार रकम ५ अर्वमाथि

काठमाडौं – शेयर बजारमा निरन्तर हरियाली छाएको छ । आज साताको पहिलो कारोबार दिन नेप्से २० अंकले बढेको छ ।

आजको वृद्धिसँगै समग्र बजार २१६४ बिन्दुमा पुगेको छ भने कारोबार रकम ५ अर्ब ४५ करोड माथि पुगेको छ । आज कारोबार भएका मध्य १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।

आज २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने हिमालयन डिस्टीलरीको शेयर कारोबार सबै भन्दा धेरै भएको छ ।

उपसूचकमा समेत सबैमा हरियाली छाउँदा बीमा समुह अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय