एक नयाँ लघुवित्त आईपीओ निष्कासनको तयारिमा !

काठमाडौंँ – लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट पाैष १७ गते, आइतबार अनुमति पाएकाे हाे ।

संस्थाले आईपीओ गर्न निष्कासन सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रजिष्ट्रार कार्यालय घोराही, दाङमा रहेकाे छ ।

यो पनि पढ्नुहोस् – तरलतामा सुधारकाे संकेत देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पाैष २० गते बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष १९ गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ५२ खर्ब ९५ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ७ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ७ अर्बले बढेर ४६ खर्ब ७५ अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि एक अर्बले बढेर ४२ खर्ब २१ अर्ब रूपैयाँ पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ६७ अर्ब रूपैयाँमा स्थिर छ ।बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.६६ प्रतिशतबाट घटेर ८६.५६ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ७.०७ प्रतिशतबाट ६.८३ प्रतिशतमा झरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय