विभिन्न सामाजिक काम गरि मनायो सिनर्जिले आफ्नो चौथो स्थापना दिवस

प्रकास घिमिरे ,गुलमी

रोट्र्याक्ट क्लब अफ बुटवल सिनर्जिले चौथो बर्ष प्रवेशको अवसरमा विभिन्न सामाजिक काम गरेको छ। बिहिवार बुटवलमा एक कार्यक्रम गरि आफ्नो चौथो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा रोटरी क्लव अफ बुटवल टाउनडाउनका इलेक्ट प्रेसिडेन्ट जविन कक्षपतिले समाजलाई असल युवाले समाजलाई राम्रो स्थान तिर डोर्‍याउन अहम भुमिका खेल्ने बताए। कार्यक्रममा ZRR
Zone 12 का धन्न्जय बर्नवाल, रोटरी क्लव अफ बुटवल टाउनडाउनका नोमिनि प्रेसिडेन्ट भरत राना लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

साथै स्थापना दिवसमा बुटवल सिनर्जीले बुटवल मोटिपुरमा रहेको जनशक्ति नमुना भिम प्रसाद गोमता न्यौपाने प्रा.विमा अध्ययनरत विद्यार्थीहरुलाई लत्ताकपडा तथा स्टेसनरी समान वितरण गरेको हो । साथै स्थापना दिवसकै अवसर पारी मृगौला पीडित बाग्लुङ बढिगाड गाउँपालिका निवासी कुन्ती घर्तिलाई नगद १० हजार सहयोग गरेको छ। उनी बुटवलको गौतम बुद्ध मुटु अस्पतालमा उपचाररत छिन।

रोट्र्याक्ट क्लब अफ बुटवल सिनर्जिका बिष्णु घिमिरेको अध्यक्षता, रोटरी क्लव अफ बुटवल टाउनडाउनका इलेक्ट प्रेसिडेन्ट जविन कक्षपतिको प्रमुख आतिथ्यता लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । स्वागत मन्तब्य क्लवका उपाध्यक्ष भानु भट्टराईको रहेको थियो भने कार्यक्रम संचालन सचिब सन्जय घिमिरेको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय