त्रिभुवन विश्वविद्यालय,डीनको कार्यालयबाट रुद्रावती बहुमुखी क्याम्पसको अनुगमन

गुल्मी – त्रिभुवन विश्वविद्यालय,डीनको कार्यालयबाट रुद्रावती बहुमुखी क्याम्पसको अनुगमन गरिएको छ।

सोमबार मुसिकोट नगरपालिका ७ वामी परुवास्थित रुद्रावती वहुमुखी क्याम्पसको अनुगमन गरिएको शिक्षा शास्त्र संकाय त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमांडुका डीन प्राध्यापक डाक्टर चित्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो।

अनुगमनका क्रममा आउनुभएका अनुगमनकर्ताद्वय प्राड़ा चित्रबहादुर केसी र प्रशाशकिय कर्मचारी सुमित्रा थापालाइ क्याम्पसमा प्राध्यापक तथा विद्यार्थीहरुद्वारा टिका,माला तथा खादाले स्वागत संगै सम्मान गरिएको निमित्त क्याम्पस प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो। अनुगमनको क्रममा क्याम्पसको भवन,कक्षाकोठा,बगैचा,खानेपानी,खेलमैदान,लाइब्रेरी,पठनपाठनको अवस्थासमेतको अवलोकन गरिएको थियो।

अनुगमनपश्चात बुढाथोकीले क्याम्पसका भौतिक पक्ष,प्रशाशनिक व्यवस्थापन,नियमित विद्यार्थी उपस्थिति अवस्थाको खुलेर प्रशंसा गर्नुभएको सापकोटाले जानकारी दिनुभयो।

क्याम्पसको अनुगमनको क्रममै कक्षाकोठाको अनुगमन गर्दै डीन बुढाथोकीले विद्यार्थीहरुलाई टिपोट(नोट) नलेखाउन र यसलाई निरुत्साहित गर्नुपर्ने सुझाव समेत दिनुभयो।

विशेष गरि पछिल्लो समय शिक्षक सेवा आयोगका परीक्षाहरूमा नतिजा कमजोर आउने गरेकोले वास्तविक अवस्था थाहा पाउनको लागि र यसलाई सुधार गर्नको लागि अनुगमन गर्नुपरेको केसीले बताउनुभयो।

विद्यार्थीहरुलाई नोट लेखाउने गर्नाले हुर्केका छोराछोरीहरुलाइ चम्चाले भात खुवाएजस्तै हुने भन्दै सिर्जनात्मक बन्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो। सोहि क्रममा प्रशाशकिय कर्मचारी थापाले स्थानीयस्तरमा क्याम्पसले गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो।

क्याम्पसले व्यवस्थापकीय,भौतिक,शैक्षिक लगायत समग्र क्षेत्रमा आवश्यक मापदण्ड पुरा गरेकोले अब क्यु यु ए मा जानको लागि बाटो खुलेको र अबका दिनमा उक्त कामको लागि पहल गर्न पनि अनुरोध गरेको निमित्त क्याम्पस प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय