को हुन लुम्बिनी प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता गर्ने डिल्लीराज ?

दाङ–लुम्बिनी प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता ६९ बर्षिय डिल्लीराज भुसालले गर्नेभएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठताको आधारमा गुल्मी प्रदेश सभा २(१)बाट निर्वाचित भुसालाई सभामुख र उपसभामुख चयन नभए सम्मको लागी अधिवेसन तथा बैठकको अध्यक्षता गर्न जिम्मेवारी प्रदान गरेका हुन ।

बुबा चिन्तामणि भुसाल र आमा निमकला भुसालको कोखबाट २०१० साल जेठ ७ मा अर्घाखाँची जिल्लाकाे साविक मरेङ गाविस ६ हाल मालारानि १ मा भुसालको जन्म भएको थियो ।

रेसुङ्गा नगरपालिका बडा नं. ०१ नयाँबजार तम्घास निवासी भुसाल नेकपा एमालेबाट निर्वाचित भए । रेसुङ्गा नगरपालिका गुल्मीको संस्थापक प्रमुख समेत रहेका भुसाल हाल एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य छन् ।

२०३८ सालमा माले पार्टीसँग आबद्ध भई लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य, रेसुङ्गा नगरपालिका पाटी ईन्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटि सदस्यको जिम्मेवारी निभाई सकेका छन् ।

तम्घास अस्पातल विकास समितिको प्रथम अध्यक्ष, गुल्मी उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष समेत रहेका भुसाल दर्जनौं सामाजिक संघ संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

उनै भुसाललाई लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो ।‘प्रदेश सभाको गरिमा र संघिय लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणनै अहिलेको आवश्यकता हो’भुसालले भने,‘मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु ।

प्रदेश सभाले जनभावना अनुसार काम गर्नेगरी मेरो भूमिका हुनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय