प्रवासी युवाद्वारा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

गुल्मी-मुसिकोट नगरपालिका ९,अर्लाङ्गकोट, उर्लेनीमा अवस्थित देउराली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रवासी युवा गिरिराज सापकोटाले न्यानो कपडा(स्वेटर), टोपी, खेलकुद तथा शैक्षिक सामग्री प्रदान गर्नुभएको छ।

मुसिकोट नगरपालिका(९, अर्लाङ्गकोट, काफलडाँडा जन्मथलो भई हाल दक्षिण कोरियालाई कर्मथलो बनाउनुभएका समाजसेवी गिरिराज सापकोटाको पहलमा उक्त सामग्री वितरण गरिएको हो।

मुसिकोट नगरपालिका, वडा नं. ९ का वडाध्यक्ष भुमा गुरुङ, जनप्रतिनिधिहरु तारा प्रसाद कँडेल र बोम बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक तथा अभिभावक संघका पदाधिकारीहरु र अभिभावकहरुको उपस्थितिमा उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो।

आफ्नो मेहनतको कमाई भविष्यका कर्णधार बालबालिकाहरुलाई सहयोग गर्ने अवसर प्राप्त गरेकोमा आफूलाई खुशी लागेको समाजसेवी सापकोटाले बताउनुभयो।

हाल दक्षिण कोरिया मै कार्यरत स्रष्टा तथा समाजसेवी हेमनाथ खरालले सापकोटाको उदार भावनाको प्रशंसा गर्दै यो कार्य अनुकरणीय रहेको बताउनुभयो।(ओझेलका खबरबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय