नेपाली काङ्ग्रेस मुसिकोटको आयोजनामा शोक सभा सम्पन्न

भुवन काफ्ले / बिष्णु प्र आचार्य/नबखबर

नेपाली काङ्ग्रेश मुसिकोट नगर कार्य समितिको आयोजनामा मुसिकोट ३ बडागाउमा शोक सभा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेश मुसिकोट छाया सरकार प्रमुख तथा क्षेत्रीय सदस्य झबिलाल भण्डारि साथै महाशर्मा ,बिष्णु,घनश्याम कृष्ण ,बिनोद,ऋषि भण्डारिकी ममतामयी माता डिल कुमारी भण्डारिको गत मङ्सिर २८ गते भएको निधनको शनिबार सातौं दिनको पुण्य तिथि पारेर शोकसभा गरिएको नगर सभापति शुदर्शन शाक्यले नबखबरलाइ जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेश गुल्मिका सभापती भुवन प्रसाद श्रेष्ठले डिलकुमारी भण्डारिको निधनले एउटा इतिहासको साक्षी गुमाउनुपरेकोले बिशेसत काङ्ग्रेशलाइ अपुरणिय क्षति भएको बताउनुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेश गुल्मिका  सचिव खिलध्वज पन्थिले भण्डारिको निधन हुनु काङ्ग्रेसले एउटा लोकतान्त्रिक योद्धा गुमाउनुपरेको भन्दै परिवारमा समवेदना प्रकट गर्नुभएको थियो

बोल्ने क्रममा नेपाली काङ्ग्रेसकि जिल्ला सचिव बिष्णु कुमारी सापकोटाले सबैकी प्रेरणाकि श्रोत एक असल आमा गुमाउनु निकै ठूलो दुखद क्षण भएको बताउभयो । कार्यक्रममा काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ क का सभापति पुर्ण केसि, जिल्ला सदस्य धर्मराज पाण्डे, इश्मा गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष चुरा बहादुर खत्री लागायत विभिन्न संघ सस्था र काङ्ग्रेसका शुभेच्छुक तथा भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाली काङ्ग्रेस, सामुदायिक रेडियो पुष्पान्जली लगायत विभिन्न संघ सस्थाहरुले शोकपत्र वाचन गरेर परिवारलाइ बुझाएका थिए ।

कार्यक्रम नगर सभापति सुदर्शन शाक्यको सभापतित्व र नगर सचिव मोहन घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय