तिन भाई खरेल मिलेर ददल्का माध्यमिक विद्यालयलाई ३ लाखको अक्षयकोष स्थापना

गुल्मी ७ पौष । गुल्मी मुसिकोटको ददल्का माध्यमिक विद्यालयलाई समाजसेवी तिन भाई खरेलद्धारा ३ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

मुसिकोट नगरपालिका वडा नं.९ ददल्का जन्म स्थान भई हाल चितवन र काठमाण्डौमा बसोबास गदै आउनु भएका समाजसेवी डिलाराम खरेल र उँहाका भाइहरु बावुराम खरेल र रामु खरेलद्वारा मुसिकोट नगरपालिका वडा नं. ९ ददल्का गुल्मी स्थित रहेको ददल्का माध्यमिक विद्यालयका गरिव,जेहेन्दार एवम् लगनशील विद्यार्थीहरुलाई प्रदान गर्ने गरि ३ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।

त्यस्तै ददल्का माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् माध्यमिक विद्यालयका सञ्चालनार्थ संस्थापक सदस्य रहनु भएका डिलाराम खरेल,बावुराम खरेल,रामु खरेलले हाल कर्म थलो जापानलाई बनाएर सफल व्यवसाय गदै आउनु भएको छ ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ९का वडाअध्यक्ष भूमा गुरुङ्ग,समाजसेवी चन्दादाता डिलाराम खरेल,विद्यालयका प्रधानाध्यापक बुद्धिमणी खरेल,शिक्षाप्रेमी रामकृष्ण कंडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारि,चन्दादाता,समाजसेवी, ,शिक्षाप्रेमी, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम ददल्का माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम खरेलको अध्यक्षता विद्यालयका शिक्षक गोविन्द वि.क.को स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक कालिदास खरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय