गुल्मीमा सडक बिस्तार गर्ने क्रममा ढुंगाले लागेर १ जनाको मृत्यु १ घाइते !

गुल्मी । गुल्मीमा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । यो खबर गुल्मीको चन्द्रकोट गाउँपालिकाको हो ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-८ सल्यारा लु १ क २३६२ नम्बरको जेसिबीले झुमा सल्यारा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा ५ वर्षकीे जस्मिन रानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ढुंगाले लागेर ७ वर्षकी निर्जला कुमाल घाईते भएको प्रहरीले जनाएको छ ।

उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । घर नजिकै अमला टिप्न गएका ति वालीकालाई जेसिबीले कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा फालेको ढुंगाले लागेको थियो।
(खेलो मेलो बाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय