काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएका छन् ।

उनले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् ।
होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले आफु गगनको पक्षमा भएको बताएका थिए ।
कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं ।
म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।’