कांग्रेस नेता शेखर कोइराला संसदीय दलको नेतामा पनि भीड्ने

काठमाडौंँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् ।

गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् ।

दलको नेतामा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताए । लिम्बूले भने, अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा. कोइरालाले गर्नुहुन्छ ।

चुनावको पुरै परिणाम नआउँदासम्म उहाँले नबोल्नु ठिकै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय