मुसिकोटमा ३ दिने ब्यबसाय प्राबिधिक प्रशिक्षण तालिमको समापन ।

महेन्द्र घिमिरे,गुल्मी/नबखबर

मुसिकोट नगरपालिका अन्तर्गत कृषि पशुपालन र पर्यटनको क्षेत्रका उधम गरिरहेका कुल १२५ उधमी बाट विभिन्न चरणहरु पार गरि उत्कृष्ट २० मा पर्नुभएका मुसिकोट नगरपालिका भरिका उद्यमीहरुको सहभागिता रहेको थियो । उद्यमीहरुको ब्यबसायलाई ब्यसायिक बनाउन ब्यबसायको वृद्धि र बिकासमा नबिनतम तरिकाले संचालन गर्न तालिमले सहयोग पुर्याउने छ।

कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी प्रकाश घिमिरेले उत्कृष्ट उद्यमीलाई बधाई ज्ञापन गर्दै मुसिकोट नगरपालिकामा उद्यमी ब्यबसायीहरुलाइ नगरपालिकाले पुर्ण रुपमा सहयोगम गरिरहेको र आगामी दिनमा अझ यस कार्यलाइ प्रस्तावनमा आधारित तरिकाले बढाउँदै लैजाने बताउनु भयो ।समृद्ध मुसिकोट नगरपालिकाको सम्वाहक बन्न पनि उद्यमीहरुलाइ अनुरोध गर्नुभयो।कार्यक्रममा तालीम सम्योजक अनिल बाबू पोखरेलले तालीममा हासिल गरेका कुरालाइ आफ्नो व्यावसायिक उधममा प्रयोग गरि सफल ब्यावसायी बन्न अनुरोध गर्नुभयो।आगामी दिनमा १० उत्कृष्ट उधमीमा पर्नेको लागी यश तालिमले मह्तपुर्ण भुमिका प्रदान गर्ने छ।

तालिममा सहभागी को तर्फबाट उद्यमी कृष्ण प्रसाद चालिसे र भिरमौरी कृषि समहुकि भुमा गुरुङले तालिममा सिकेका कुराहरुको भनाइ राख्नु भएको थियो। दायित्वका सुर्य रिजालले तालिमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सन्चालन महेन्द्र घिमिरेको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय