कांग्रेसका यादव किन पुगे सर्वोच्च ?

काठमाडौं– धनुषा–४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।

तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ । यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले जरिवाना रकम मिनाहा गरिदिन निर्वाचन आयोगलाई पत्र पठाउनुभएको छ ।

गत ३० भदौमा भएको स्थानीय तहको निर्वाचन खर्च समयमा पेस नगरेको भन्दै आयोगले जरिवाना लगाएको थियो । समयमा खर्च विवरण पेस नगर्ने महानगर प्रमुखको उम्मेदवारलाई ७ लाख ५० हजार जरिवाना आयोगले तोकेको थियो । उक्त जरिवाना रकम मिनाहा गरिदिन बालेनले आयोगमा निवेदन दिनुभएको हो । निवेदनमा बालेनले भन्नुभएको छ, ‘निर्वाचन सकिएपछि फेसबुकबाट खर्चको विवरण सार्वजनिक गरेको हो । फोहोर वयवस्थापनमा जुटेकाले बुझाउन नसकेकाले एकपटकलाई मिनाहा गरिदिनू ।’

जरिवानाको निर्णय भइसकेकाले मिनाहा दिने व्यवस्था कानुनमा नभएको आयोगका अधिकारीहरू बताउँछन् । आयोगको कानुन शाखाले बालेनको पत्रका बारेमा थप निर्णयका लागि आयोगमा पेस गरेको छ ।

स्थानीय तहको निर्वाचनमा गरेको खर्चको विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई गत ३१ भदौमा निर्वाचन आयोगले कारबाही गर्ने निर्णय गरेको थियो । करबाहीअन्तर्गत पहिलो चरणमा आयोगले खर्चको विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय