धनुषा ४ मा पुनः मतगणनाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा धनुषा ४ का उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिनुभएको छ।

एमालेका उम्मेदवार रघुवीर महासेठसँग पराजितत यादवले मतपरिणामप्रति असहमती जनाउँदै दोहोर्‍याएर मत गन्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर