काठमाडौं– समानुपातिकबाट निर्वाचित हुने सांसदहरुको छनोटका विषयमा विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रष्ट पारेको छ।
प्रारम्भिक निर्वाचनको मतपरिणामलाई आधार बनाएर निर्वाचन आयोगको नियम, कानुन अनुसार छनोट गरिएको जनाएको छ। महासचिव मुकुल ढकालले एक सूचना जारी गर्दै पार्टीभित्रको विवादबारे प्रष्ट पारेका छन्।

सूचनामा भनिएको छ, ‘पार्टीद्वारा सञ्चालित प्रारम्भिक निर्वाचनको मत परिणाम, निर्वाचन आयोगको निर्देशन, समानुपातिक निर्वाचन निर्देशिका २०७९ अनुसार केन्द्रीय सदस्य महेश्वर घिमिरेले तयार पारेको छनोट प्रतिवेदनका आधारमा उक्त नाम सूची तयार पारिएको हो।’
प्रतिवेदन समेत सार्वजनिक गर्दै केही केन्द्रीय सदस्यहरुको असहमति भएपनि बहमतले अनुमोदन गरेर पठाइएको उल्लेख छ। रास्वपाले समानुपातिकमा १३ सिट पाएको थियो। समानुपातिकको प्रारम्भिकमा १२ वटा क्लस्टरमा निर्वाचन भएको थियो।
सोही पार्टीका एक सदस्य तथा समानुपातिक उम्मेदवार गणेश कार्कीले उक्त सूचीमा विरोध जनाएका छन्।- मिडिया डबली