प्रभु साहले नयाँ पार्टी खोल्ने

काठमाडौं ।नवनिर्वाचित सांसद प्रभु साहले नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ। एमालेबाट टिकट प्राप्त गरेपनि मनोनयनको क्रममा स्वतन्त्र उमेदवारी दिएर रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका साहले नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको हो ।

माओवादी र एमालेबिच एकता भई बनेको तत्कालिन नेकपाको सरकारका समयमा माओवादी छाडेर एमाले बन्नुभएका नेता साहको मधेश प्रदेशमा राम्रो पकड रहेकोल बताउदै अब आँफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारीमा लागेको बताउनुभएको हो ।

सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले पनि नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ। मंगलवार, मंसिर २७ २०७९०५:२८:०७

यो पनि पढ्नुहोस् – काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ ।

सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनी, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।

काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौँतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौँ सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर