महेन्द्र आदर्श नमुना माविको प्रधानाध्यापकमा देविराम शर्मा नियुक्त

भुवन काफ्ले मुसिकोट, गुल्मी / नबखबर

मुसिकोट नगरपालिका ७ वामीटक्सारमा स्थित श्री महेन्द्र आदर्श नमुना मा विको प्रधानाध्यापकमा देविराम शर्मा नियुक्त हुनु भएको छ।

मुल्याङ्कन समितिले समितिको सिफारिसमा शुक्रवार बसेको बिद्यालय ब्याबस्थापन समितिको निर्णयमा देबिराम शर्मालाइ सर्बसंमतिमा प्रधानाध्यापकमा नियुक्त गरिएको हो।

गत कार्तिक १६ गते छनोट समितीको बैठक बसेर ३५ दिने विकाश प्रस्ताव तथा निवेदनको लागि उक्त विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षकहरुलाइ आह्वान गरेको थियो ।

अन्तिम मिति मंसिर २१ गते कार्यालय समयभित्र विद्यालयका शिक्षक माध्यमिक तहका द्धितीय श्रेणीका एकमात्र उम्मेदवार देविराम शर्माको प्रस्ताव तथा निवेदन दर्ता भएको छनोट समितीका संयोजक भीमलाल सापकोटाले नवखबरलाइ जानकारी दिनुभयो ।

करारमा विद्यालयको प्रधानाध्यापक नियुक्तीको लागि छनोट समितीले आह्वान गरेको निवेदनमा उक्त विद्यालयका एकमात्र उम्मेदवारको निवेदन परेको थियो ।

तीन सदस्यीय छनोट समितीमा शिक्षक युनियन गुल्मीका पुर्व अध्यक्ष तथा महेन्द्र आदर्श मा वि का पुर्व प्रधानाध्यापक भीमलाल सापकोटा सँयोजक, रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका सहायक क्याम्पस प्रमुख गोविन्द गौतम सदस्य र मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्याल सदस्य रहने गरि समिती निर्माण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय