समानुपातिक बन्दसूचीको विवरण सच्याउन दलहरूलाई भोलिसम्मको समयसीमा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरूलाई समय दिएको छ ।

आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई त्रुटि सच्याएर पुनः विवरण पठाउनका लागि सोमबार(भोलि) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताउनुभयो ।

केही राजनीतिक दलहरूले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरूलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

उहाँले आयोगले दलहरूबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरूलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने जानकारी दिनुभयो ।

वाग्लेले १४ वटा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले हिजो नै बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली पेस गरेका जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय