काठमाडौं । नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ ।

निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपातिक सांसद चयन गर्नेछ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक सांसदको सूची शनिबारभित्र पठाउन बुधबार पत्र पठाएको थियो ।