काठमाडौं। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।
चुनाव जितेर काठमाडौं फर्किनुभएका कोइराला आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गर्नुभएको थियो । भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।

भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गर्नुभएको छ ।
यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताउनु भएको थियो ।