वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई खुसिको खबर !

काठमाडौंँ – सुपर मादी हाइड्रोपावर लिमिटेडले आज अर्थात मंसिर २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा कुल ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने छ । जसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता छुट्याएको छ ।

कम्पनीले सर्वसाधारणलाई विक्री गरिने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा गएका नेपालीहरूले रेमिट्यान्स बचत खातामार्फत आईपीओ भर्न सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले छिटोमा पुस ५ गतेसम्म यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । छिटो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस २० गते सम्म र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले शेयर खरीदका लागि आवेदन न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ ।

मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । यस्तै २६ लाख ८८ हजार २ सय १८ मतसहित कांग्रेस दोस्रो र ११ लाख ६४ हजार १ सय २ मतसहित नेकपा ९माओवादी केन्द्र० तेस्रो स्थानमा रहेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत पाउँदा जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले भने २ लाख ९६ हजार ९० मत मात्रै पाएको छ । प्रत्यक्षतर्फको सबै परिणाम आईसकेकाले निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सकिएलगत्तै सिट विभाजनको प्रक्रिया सुरू गर्ने भएको छ ।

आगामी २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण नतिजासहितको प्रतिवेदन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय