काठमाडौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सोमबार(आज) बस्दै छ ।
बैठक दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बताइएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने छ ।

यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको छ । कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा त निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ ।