दोस्रो चरणमा कोरोना माहामारी रोक्न सरकारले चाल्यो यस्तो कदम।

सरकारले सयभन्दा बढी संक्रमित भएका स्थानमा निःशुल्क कोरोना परीक्षण गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले कोरोना संक्रमणको दोस्रो लहरलाई रोक्न पूर्वतयारी स्वरुप हटस्पट र ठुला शहरहरुमा अर्काे हप्तादेखि एन्टीजेन परीक्षण सुरु गर्न लागेको जानकारी दिनुभयो ।

अन्य देशहरुमा पनि संक्रमणको दोस्रो, तेस्रो लहर देखिएकाले नेपालमा पनि सो अवस्था आउदैन भन्न सकिदैन

उहाँका अनुसार ५ लाख व्यक्तिको निः शुल्क एन्टीजेन परीक्षण गर्ने तयारी छ, जसका लागि विश्व स्वास्थ्य संगठनले १ लाख किट, यूनडिपिले ५० हजार र यूनिसेफले ५० हजार किट उपलव्ध गराइसकेको छ । ३ लाख किट भने सरकारले किन्नेछ ।

एन्टीजेन परीक्षणका लागि सातै प्रदेशमा प्रशिक्षण भइरहेको बताउदै श्रेष्ठले अर्काे सातादेखि काठमाडौं उपत्यकासहित देशभर एन्टीजेन परीक्षण सुरु गरिने बताउनुभयो । पुस महिना भित्र ३ लाख व्यक्तिको एन्टीजेन परीक्षण गर्ने तयारी भएको श्रेष्ठले बताउनुभयो ।

ईपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले भन्नुभयो, ‘अन्य देशहरुमा पनि संक्रमणको दोस्रो, तेस्रो लहर देखिएकाले नेपालमा पनि सो अवस्था आउदैन भन्न सकिदैन त्यसैले दोस्रो लहरको संक्रमणलाई नियन्त्रण गर्न एन्टीजेन परीक्षण गर्न लागेका हौ ।’

पाण्डेले अहिले नेपालमा संक्रमण दर घटेपनि विवाह भोजमा मानिसको भीड रहेको, सर्वसाधरणले खासै ध्यान नदिएकाले संक्रमितको पहिचान गर्न, कन्ट्याक्ट ट्रेसिङ गर्न एन्टीजेन परीक्षणबाट कोरोना परीक्षण गर्ने तयारी भएको जानकारी दिनुभयो ।

‘एन्टिजेन टेस्ट’ लाई विश्व स्वास्थ्य संगठन ले स्वीकृति दिएकाले नेपालमा पनि प्रयोग थालिएको

वर्तमान अवस्थामा नेपालमा सर्वसाधरणले पीसीआर परीक्षणमा चासो नदिदा तथा कन्ट्याक्ट ट्रेसिङ कम भएकाले नयाँ संक्रमितको संख्या दिनहुँ घटिरहेको छ ।

एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिए पोजेटिभ र नेगेटिभ देखिए नेगेटिभ मानिनेछ । तर लक्षण देखिएर रिपोर्ट नेगेटिभ आए सो व्यक्तिको पीसीआर परीक्षण गरिने पाण्डेले जानकारी दिनुभयो ।

पोजेटिभ देखिएका व्यक्तिहरुको निगरानी गर्न स्वास्थ्य मन्त्रालयले निर्देशिका नै जारी गरि टोल टोलमा समिति बनाइरहेको छ । उक्त समितिहरुले संक्रमितहरुको अनुगमन गर्नेछन् र १४ दिनसम्म घरभित्रै आइसोलेट भएर बस्न लगाउनेछन् ।

निर्देशक पाण्डेले एन्टीजेन परीक्षण पिसिआर जतिको प्रभावकारी नदेखिए पनि ‘एन्टिजेन टेस्ट’ लाई विश्व स्वास्थ्य संगठन र अमेरिकाको ‘फुड एन्ड ड्रग एसोसिएसन’ ले स्वीकृति दिएकाले नेपालमा पनि प्रयोग थालिएको बताउनुभयो । एन्टीजेन परीक्षणबाट आधा घण्टामा नै नतिजा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय