मृगौला पीडित गुरुङको उपचारको लागी जुटाए युवाहरुले आर्थिक सहयोग

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ बस्ने मृगौला पीडित सुमन गुरुङको उपचारमा टेवा पुग्ने हेतुले बुटवलका युवाहरुले सुमनको लागी आर्थिक सहयोग गरेका छन ।

बुटवलको अमरपथ स्थित खस्यौली स्नुकर क्लबको प्रांगडमा नेपाली कांग्रेसका नेता , प्रदेश सभाका प्रत्यासी एबम समाजसेवी महेशमान सिंहको प्रमुख आतिथ्यतामा सुमनको परिवारलाई जम्माजम्मी रु २,७१,९०० रुपैयाँ प्रदान गरेका हुन ।

चिट्ठा बाट संकलित रकम संगै युवाहरुको स्वतस्फुर्त सहयोग जुटाउन अनबरत खट्ने स्नुकर क्लबका सञ्चालक सुजन पुन , सागर गुरुङ,झलक थापा , राजु थापा लगायत युवाहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका छन ।

जम्माजम्मी कटेका चिट्ठा मध्ये रोजि खड्काले चिट्ठा बापतको ५००० पुरस्कार समेत हात पारेकी छन ।

३२ बर्षिय सुमन गुरुङ बिगत २ बर्ष देखि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा नियमित डाइलाइसिस गराइरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय