कालीगण्डकी गाउँपालिकामा एक गोठ जलेर नष्ट

सज्जन ढकाल,गुल्मी

गुल्मीको कालीगण्डकी गाउँपालिका अर्बेनी साबिकको वडा नं ४ पुछार टोलमा गय राती गोठमा आगालागी हुँदा गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । देबि प्रसाद न्यौपानेको गोठ जलेको हो । रातको करिब दुई बजेतिर विद्युत सर्ट भयर आगालागी भएको अनुमान गरिएको गोठ धनी देबि प्रसाद न्यौपानेले बताए ।

जस्ता पाताले छाएको गोठ जलेर पुर्ण रुपमा नष्ट भयको छ । आगालागी हुँदै गर्दा गोठमा रहेका गाईगोरु र भैंसीलाई सुरक्षीत साथ निकालिएको छ । गोठ भित्र रहेको खर ,पराल,दारपात लगायत अन्य खरखजना सबै जलेर नस्ठ हुँदा करिब दुई लाख बराबरको आर्थिक क्षेती भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय