गठबन्धनले जिते ५ वर्ष संसद भंग हुँदैनः देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनले आज नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताउनुभयो।

‘आफ्नो बिरोध हुने बित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । हामीले त्यसो गर्दैनौं,’ देउवाले भन्नुभयो, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौ । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।’

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको आरोप लगाउँदै उहाँले गठबन्धनका बारेमा कसैले चिन्ता गर्न नपर्ने बताउनुभयो । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय