बिकासका अनावश्यक सपना बाड्न चाहान्न, जनताका सामान्य समस्या समाधानका निम्ति म प्रतिबद्ध छु : धनेन्द्र कार्की

गुल्मी । नेपाली कांग्रेसका नेता धनेन्द्र कार्किले आफुले हुनै नसक्ने सपना नबाड्ने बताएका छन । आज रुरुक्षेत्र गाउँपालिकाको मुसिडाडामा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै कार्किले मत दिईहाल्छन कि भन्दै नहुने सपना नबाड्न समेत आग्रह गरे ।

“सधै नागरिकलाई दास सम्झनेहरुले अहिले पनि उहीँ पानीजहाज, पाईपबाट ग्यास, पहाडमा रेल भन्दै कुदिरहेका छन नेताले बोल्दैमा हुने होईन त्यस्का निम्ति राज्यको श्रोतसाधन र जनताको तत्कालको आवस्यक जे छ त्यसैलाई केन्द्रबिन्दुमा राखेर योजनाबद्ध बिकास गरिनुपर्छ” गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेदवार कार्किले भने ।

कार्यक्रममा उपस्थितलाई संबोधन गर्दै उनले आफुले प्रदेश सांसदको रुपमा गएपछी यहाँका नागरिक र सरकारको बीचमा पुलको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यहाँको मुख्य समस्या बसाइँसराइ भएको भन्दै यहाँ गुणस्तरीय स्वास्थ्य र सर्वसुलभ शिक्षाको प्रवन्ध गरेर बसाइँसराइ रोकि गाउँमा रोजगारीको प्रवन्ध गर्नु मुख्य उद्देश्य रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी लगायत गठबन्धनका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय