एमाले नेता तथा पुर्वउपाध्यक्ष खत्रीले फिर्ता गरिन्न गाउँपालिकाबाट लिएको दोहोरो सुविधा

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका पूर्व उपाध्यक्ष बिमला केसीले गाउँपालिकाबाट लिएको दाेहाेराे सुविधाबापतको असुल गर्नुपर्ने रकम अहिलेसम्म पनि फिर्ता नभएको पाइएको छ ।

उपाध्यक्ष केसीलाई गाउँपालिकाले लु १ ब २१५८ नं. काे माेटरसाइकल उपलब्ध गराएको थियो तर उनले यातायात सुविधा र सवारीसाधन दुवै लिएको भन्दै श्रावणदेखि चैतसम्मकाे दाेहाेराे यातायात सुविधा वापतकाे १ लाख ८ हजार असुल गर्नुपर्ने महालेखाकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुकाे सुविधा ऐन २०७६ काे दफा ४(३) मा पदाधिकारीलाई सवारी साधन उपलब्ध गराएको अवस्थामा यातायात सुविधा नपाउने व्यवस्था छ । महालेखा परिक्षणकाे प्रतिवेदनमा उपाध्यक्ष खत्रीले दाेहाेराे सुविधा लिए बापत १ लाख ८ हजार रुपैयाँ बेरुजु देखाएको हाे ।

बेरुजु असुल गर्ने बिषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धनिस्वर पाैड्यालसंग कुरा गर्दा उनले पुर्वउपाध्यक्षले लिएको दाेहाेराे सुविधा फिर्ता गर्नुपर्ने भएपनि अहिलेसम्म फिर्ता नगरेको बताए ।

उपाध्यक्ष गाउँपालिका न्यायिक समिति संयाेजक हाे जसले कानुन निर्माण गर्ने र कार्यनव्यन गराउँने हाे तर उपाध्यक्षले नै दाेहाेराे सुबिधा लिने र महिनाै फिर्ता नगर्नुले । ठुला बडाले जे गरेपनि हुने भन्ने प्रस्ट देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय