ग्लोबल आइएमइ बैंक लिमिटेडबाट वामीटक्सार बजारमा POS मेसिनको सुरुवात ।

गुल्मी ।  ग्लोबल आइएमइ बैंक लिमिटेड वामीटक्सार शाखाले आफ्ना ग्राहकहरुलाइ digital transaction को लागि Mobile Based Transaction को सुबिधा प्रदान गरिरहेको बैंकले आइतवारदेखि मुसिकोट नगरपालिकाको वामिटक्सार बजारमा Card based transaction को लागि POS (Point of Sale) जडान गरि कारोबार सुरु गरेको छ ।

संसार भरबाट जारी भएका VISA CARD र UPI CARD बाहकले POS मेसिनको प्रयोग गरि सबै खाले भुक्तानी सजिलै गर्न सक्नेछन । स्थानिय retail business प्रबर्द्धनका साथसाथै भुक्तानीको सहजताले गर्दा पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने बिश्वास बैकले लिएको शाखा प्रबन्धक विष्णु कुवरले बताउनुभएको छ ।

यसका साथै नेपाल सरकार र नेपाल रास्ट्र बैंकको Digital प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्य अनुरुप बैंकले यस्तो सुबिधा मार्फत स्थानीय स्तरमा digital payment प्रती उत्तरदायी हुन र cash less society निर्माण गर्नको लागि बैंकको तर्फबाट गर्ने सहयोग स्वरूप यस्तो सुबिधा दिएको र digital channel प्रती ग्राहकहरुलाइ जागरुक आबद्ध गर्न सकिने बिश्वास बैंकले अपेक्षा गरेको छ ।

आइतवार साथि मार्ट, दरबार रिसोर्ट र कक्षपती इलेक्ट्रोनिक्स गरि ३ स्थानमा POS मसिन जडान गरिएको र बिस्तारै माग बमोजिम अन्य retail stores मा सुबिधा थप गर्दै जाने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय