ओली अध्यादेश फिर्ता लिने कुरामा सहमत

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ल्याएको संवैधानिक परिषदको अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

नेकपा उच्च स्रोतका अनुसार ओलीले अध्यादेश फिर्ता लिन सहमति जनाएका हुन् । यसअघि बैशाख ८ गते यही अध्यादेश जारी गराएका ओलीले ३ दिनपछि फिर्ता गराएका थिए ।

अध्यादेश जारी गरेपछि निकै आलोचित बनेका ओलीलाई फिर्ता लिन अध्यक्ष प्रचण्ड सहित अधिकाशं नेताहरुबाट दवाव आएको थियो ।

केहीबेर अघि दुई अध्यक्षवीच भएको छलफलमा ओलीले अध्यादेश फिर्ता लिएर स्थायी समिति बैठकमा सहभागि हुन तयार भएको जनाइएको छ ।

यसैविच शितलनिवासमा विशेष अधिवेशन बोलाउन माग गर्दे दर्ता गर्न लागिएको हस्ताक्षर सहितको माग पनि फिर्ता गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय