काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको छ ।
ओलीले बिहान ११ कालीकोट जिल्लाको रोस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ भने त्यसपछि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, ओलीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घणटघरको पश्चिमपट्टि आयोजना गरिएको बृहत् चुनावी सभालाई सम्बोधन गर्ने एमाले कर्णाली प्रदेशले जनाएको छ ।
वीरेन्द्रनगरमा दिउँसो २ बजेपछि सभालाई ओलीले सम्बोधन गर्ने छन्। साथसाथै, लोक गायक ब्रदि पंगेनी पनि सहभागी हुनुहुने छ ।
ओलीले हिजो सुदुरपश्चिम प्रदेशको डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।